हिमालयन फ्रेन्डसिप कन्सर्टले Bay Area मा संस्कृति र संगीतको पुल बनायो
Kensington, California — YAK Entertainment द्वारा proudly presented Himalayan Friendship Concert ले Bay Area को नेपाली र तिब्बती समुदायलाई एउटै मञ्चमा जोड्दै संगीत, मित्रता र सांस्कृतिक एकताको सशक्त सन्देश दिएको छ।
कार्यक्रममा नेपालका चर्चित गायक Milan Lama र क्यानडाबाट आएका लोकप्रिय कलाकार Tenzin Ngawang ले आफ्नो सशक्त प्रस्तुतीमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध पारे। नेपाली र तिब्बती संगीतको संयोजनले हल भरिएका दर्शकहरूलाई भावनात्मक र ऊर्जावान बनाएको देखिन्थ्यो।
कार्यक्रमको music तथा lighting व्यवस्थापन DJ Finjo (Finjo Production) ले गरेका थिए, जसले सम्पूर्ण कन्सर्टलाई अझै प्रभावशाली र प्रोफेसनल बनायो।
यो ऐतिहासिक सांस्कृतिक कार्यक्रम Nepali 977 Bay Area द्वारा capture तथा broadcast गरिएको हो। समुदायका आवाज, प्रतिभा र पहिचानलाई मुख्यधारमा ल्याउने उद्देश्यसहित Nepali 977 Bay Area निरन्तर सक्रिय रहँदै आएको छ।
👉 पूरा भिडियो हेर्न हाम्रो YouTube channel subscribe गर्नुहोस्
👉 यो समाचार share गरेर समुदायका गतिविधिहरू अझ धेरै मानिससम्म पुर्याउन सहयोग गर्नुहोस्
आगामी दिनहरूमा यस्ता थप community events, live coverage र सांस्कृतिक कार्यक्रमहरूको लागि Nepali 977 Bay Area सँग जोडिरहनुहोस्।

Add comment